" कृषि, उद्योग, पर्यटन र पूर्वाधार, खैरहनी नगर विकासको मूल आधार "

header AD
संक्षिप्त विवरण

मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने खैरहनी नगरपालिका चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब १८ कि.मी. पूर्वमा अवस्थित छ । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णयानुसार गठन भएको यस नगरपालिका चितवन जिल्लाको चैनपुर, खैरहनीर र कुमरोज गरी तीन वटा गाउँ विकास समिति समावेश भई यस नगरपालिका गठन भएको हो । नेपाल सरकारको मिति २०७२/०६/०१को निर्णय अनुसार कठार गाउँ विकास समिति समेत यस नगरपालिकामा समावेश भए पछि साविकका चार गाँउ विकास समितिहरुको संयुक्त रुप नै खैरहनी नगरपालिका हो ।शुरुमा सानो ग्रामीण बजारको अवधारणाबाट अगाडी आएको यो पूर्व पश्चिम राजमार्गको निर्माण पश्चात दु्रतगतिमा शहरीकरण भै रहेको छ । यस नगरको प्रमुख बजारको रुपमा पर्सा बजारलाई लिन सकिन्छ । यो बजार खास गरी चैनपुर, भण्डारा, कठार, कुमरोज, विरेन्द्रनगर, पिठुवा तथा अन्य नजिकका बस्तीहरुको प्रमुख व्यापारिक केन्द्र पनि हो । खैरहनी नगरपालिका नामाकरण कसरी भयो भन्ने सम्बन्धमा विविध खाले किम्बदन्तीहरु पाइन्छ । प्राचिन कालमा सो क्षेत्रमा प्रसस्त खयर घारीले भरिएकाले तत्काल खयरघारीको नामले परिचित रहेको खयरघारी शब्द अपभ्रंस भई खैरहनी भएको भन्ने भनाई रहेको छ । सोही नामबाट खैरहनी गाँउ विकास समितिको नामाकरण भई सो खैरहनी गाउँ विकास समिति समेत गरी नगरपालिका गठन भएकोले यस नगरपालिकाको नाम खैरहनी नगरपालिका नामाकरण भएको हो ।

समुद्री सतह देखि करिब १९० मी. उचाईमा रहेको यस नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले उत्तर र दक्षिण भागमा बरावरी बाँडिएको छ । यस नगरपालिकाले उत्तरमा शक्तिखोर र सिद्धि, पूर्वमा विरेन्द्रनगर, भण्डारा पश्चिममा रत्ननगर नगरपालिका छ भने दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज अवस्थित छ । दक्षिण तर्फ प्राकृतिक सिमानाको रुपमा बुढी राप्ती नदीले खैरहनीलाई छुट्याएको छ । नियमित रुपमा राप्ती नदी र यसका शाखा नदीहरुले बगाएर ल्याएका कृषि योग्य मलिलो माटोको कारण यो क्षेत्र कृषिको लागि निकै उपयुक्त छ । राजनैतिक आधारमा यस नगरलाई १३ वटा वडाहरुमा विभाजन गरी स्थानिय जनताहरुलाई प्रशासनिक सेवा सूविधा पुर्याउदै आएको छ । साथै यस नगरपालिकाले ८५.५७ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । निर्वाचन क्षेत्रको हिसावले प्रतिनीधि सभाको लागि चितवन जिल्लामा तिन वटा निर्वाचन क्षेत्र कायम गरीएकोमा खैरहनी नगरपालिका १ नम्बर निर्वाचन क्षेत्रमा पर्दछ । त्यस्तै गरी प्रदेश सभाको लागि क्षेत्र नं. १ मा कायम भएका २ निर्वाचन क्षेत्र मध्ये यो नगरपालिका दुवै निर्वाचन क्षेत्रमा परेको छ । जस अुनसार प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(क) अन्तर्गत वडा नं. ३,६,७,८,९,१० र ११ गरी ७ वटा वडा पर्दछन् भने १(ख) अन्गर्तत वडा नं. १,२,४,५,१२ र १३ गरी ६ वटा वडा पर्दछन् ।

 

आधारभूत जानकारी
Bagmati
Chitawan
नगरपालिका
85.75 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 67385
Male 32331
Female 35053
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2071-01-25
Website https://khairahanimun.gov.np/ne

Coordinates: 27.571000° N, 84.571000° E