FAQs Complain Problems

वैदेशिक कागजपत्र बनाउदा आवश्यक पर्ने कागजातहरु

लाग्ने समय: 
सबै कागजपत्र पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रशासन
सेवा दिने कार्यालय: 
खैरहनी नगरपालिका
सेवा शुल्क: 
नगरसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. नाता प्रमाणित   

— सम्बन्धित वडाबाट नाता प्रमाणित गरेको सिफारिस ।
— नागरिकता प्रमाण पत्रको प्रतिलिपी प्रत्येकको ।
— विवाह भएकोमा विवाह दर्ताको प्रमाण पत्र प्रतिलिपी ।
— नाता प्रमाणित गर्ने पत्येकको  ए।ए क्ष्शभ को फोटो १÷१ प्रति ।
— बसाई सरी आएकोले बसाई सराई प्रमाण पत्रको प्रतिलिपी ।
 

२. आम्दानी प्रमाणित

—   कृषि बाट आम्दानी देखाउँदा आफूले कारोवार गर्ने संस्थाको चलानी नं.र संस्थाको छाप भएको उक्त संस्थाको चिठी (खैरहनी नगरपालिका भित्रको मात्र) ।
—   तलबको भएमा सम्बन्धित संस्थाको चलानी नं.सहित छाप भएको प्रमाणपत्र ।
—    पेन्सनको भएमा पेन्सन पट्टा सहित सम्बन्धित बैंकको बैंक स्टेटमेन्ट ।
—    व्यवसायको भएमा व्यवसायको आ.व.को audit report र नगरपालिकामा व्यवसाय दर्ता भएको प्रमाण पत्र नविकरण सहितको प्रतिलिपी ।
—    घर तथा जग्गा भाडामा दिएको मा सम्झौता पेपर ।

—    जग्गा भाडामा लिएको भएमा जग्गा भाडाको सम्झौता कागज, जग्गा धनीको नागरिकता, लालपुर्जाको प्रतिलिपि, तिरो तिरेको रसिदको प्रतिलिपी |

३. सम्पत्ती मूल्याङ्कन

—  लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी ।
—    सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपी ।
—    नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
—    घर भएमा नगरपालिकामा घर नक्सा पास सम्पन्न भएको प्रमाण पत्रको प्रतिलिपी ।
 

४. कर चुक्ता प्रमाणित 

— लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपी ।
—    सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपी ।
—    नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
 

५. जन्मदर्ता प्रमाणित 

— जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी÷जन्म दर्ता नभएकाहरुको वडा कार्यालयको सिफारिस ।
—    नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
 

६. अविवाहित प्रमाणित

— तोकिए बमोजिम सम्बन्धित व्यक्तिले नै हस्ताक्षर गरेको निवेदन ।
—    वडा कार्यालयबाट तोकिए बमोजिमको वैवाहिक स्थिती प्रमाणिकरण फोटो टाँस सहितको वडा सिफारिस ।
—    सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
—    सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
—    जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

७. व्यक्ति प्रमाणित

— व्यक्तिको नाम अथवा के फरक पर्न गएको  हो सो चिज प्रमाणित गर्ने कागजातहरुको प्रतिलिपि |

—  वडाको सिफारिस

८. थर प्रमाणित

— कुन कुन कागजातमा थर बिग्रिन गएको हो सो प्रमाणित गर्ने कागजातहरु |

— वडाको सिफारिस

९. स्थायी ठेगाना प्रमाणित

— वडाको सिफारिस